नियम
इजाजतपत्र (लाइसेन्स दिन जाँचबुझ गर्ने
यात्रा इजाजतपत्र (जर्नी लाइसेन्स) बाहेक अन्य इजाजतपत्र (लाइसेन्स) को लागि निवेदन प्राप्त भएपछि प्रमुख जिल्ला अधिकारीले निवेदनको सम्बन्धमा देहायका कुराहरुको जाँचबुझ गर्न सक्नेछ:- (क) उमेर र मानसिक स्वास्थ्य, (ख) नागरिकता र प्रतिष्ठा, । (ग) संगीन फौज्दारी अभियोगमा सजाय पाएको छ / छैन,

(घ) हिंसात्मक राजनैतिक गतिविधि र खराब चालचलन छ / छैन,

(ङ) कुनै किसिमको हातहतियारको इजाजतपत्र (लाइसेन्स) पाइसकेको छ/ छैन,

(च) पहिले कुनै हातहतियार लुटिए चोरिए हराएको छ / छैन,

(छ) शिकार र हातहतियार खरखजाना सम्बन्धमा कुनै कसूरको सजाय पाएको

छ/छैन, ग(ज) पहिले कुनै हातहतियार अरुलाई बेचबिखन वा नामसारी रहेको छ/ छैन।